जर्मनीको चर्चित बियर फेष्टिबल यस वर्ष नहुने

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको कारणले जर्मनीमा यस वर्ष चर्चित बियर फेस्टिभल (अक्टोबरफेस्ट) नहुने भएको छ ।
कोरोना भाइरस थप फेलिन नदिन बियर फेस्टिभल (अक्टोबरफेस्ट) नहुने भएको हो ।

जर्मनीमा हरेक वर्ष यस कार्यक्रमको आयोजना हुन्छ, जसमा झण्डै ५० देखि ६० लाख मानिस सहभागी हुन्छन् । यस वर्ष यो फेस्ट १९ सेप्टेम्बरदेखि ४ अक्टोबरको बीच हुने तय भएको थियो । तर विश्वभर कोरोनाको प्रकोप बढिरहेको हुँदा जर्मनीले बियर फेस्टिभल रद्द गरेको हो ।

कोरोना भाइरसबाट जर्मनी पनि प्रभावित भएको छ । जर्मनीमा अहिलेसम्म एक लाख ४७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने चार हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्