कोरोना संक्रमण बिरुद्ध आशाका किरण देखिएका छन्

 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमणले जसरी सम्पूर्ण विश्वलाई बन्धक बनाएको छ त्यसरी नै कोरोना भाइरसको चक्रबाट विश्वलाई मुक्त बनाउन जनस्वास्थ्यविद् , भाइरोलोजिस्ट, अनुसन्धानकर्मी तथा लाखौँ प्रयोगशाला लागि परेका छन् | सयौं ल्याबका खोप प्रि क्लिनिकल चरणमा छन् भने दर्जनौं ल्याबका खोप मान्छेमा क्लिनिकल ट्रायल गरिंदै छ | त्यस्तै औषधि उपचारमा एकरुपता ल्याउन बिश्व स्वास्थ्य संगठनले Promising drugs for Covid-19 को Listing गरेको छ | आशा छ, विश्वको सामुहिक प्रयत्नले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्नेछ | यो लेखमा केहि आशाका किरणहरु बुँदागत रुपमा उल्लेख गरिएको छ |

  •  लकडाउन र सामाजिक दुरी बिभिन्न देशमा कोरोना नियन्त्रणको लागि अचुक अस्त्र बनेको छ | हामीले सुरक्षित उपायका उपायमा अभ्यस्त भइरहेका छौं | जस्तै: हात नमिलाउने, ह्याण्ड स्यानिटाइजरले हात सफा गर्ने, साबुनपानीले हात धुने, मुहारमा नछुने, खोक्दा तथा छ्युं गर्दा कुहिनामा गर्ने आदि | जसले संक्रमणको चेन तोड्न ठूलो मद्दत गरेको छ |
  •  जापानी इन्फ्लुएन्जा, स्वाइन फ्लु, इबोला, मलेरिया, एचाइभी / एड्स, निमोनिया आदि रोगमा प्रयोग भएका बिभिन्न औषधि कोरोना संक्रमणमा प्रभावकारी देखिएका छन् |
  • परिक्षण, क्वारेन्टाइन र आइसोलेसनले गर्दा कोरोना संक्रमणबाट सिकिस्त हुने बिरामी २० % बाट घटेर ४ % मा आएका छन् |
  •  कोरोना संक्रमणबाट निको भएका व्यक्तिको plasma संक्रमितमा चढाएर ( plasma Transfusion ) कोभिड – १९ लाई परास्त गर्ने विधिको अनुसन्धान भइरहेको छ |
  • विश्व स्वास्थ्य संगठनले The four most promising therapies भनेर एन्टीभाइरल कम्पाउण्ड Remdesivir, एन्टी मलेरियल औषधि chloroquine तथा hydroxychloroquine र एचाइभी एड्समा प्रयोग भएका दुई औषधिको Combination lopinavir र ritonavir तथा interferon-beta, an immune system messenger जसले भाइरसलाई प्यारालाइज गर्छ, यी ४ औषधिलाई हालसाल कोभिड-१९ मा प्रभावकारी बताएको छ |
  •  Anti-Tuberculosis therapy , BCG Vaccine, IV antibiotics पनि कोरोना संक्रमणजनित निमोनियामा बिभिन्न देशमा प्रभावकारी देखिएका छन् |
  •  रोग प्रतिरोध क्षमता बढाउने उपायबारे जनचेतना बढेको छ | मान्छेहरु आफ्नो क्षमता र उपलब्धता अनुसार पोषिलो खाना खाने, व्यायाम गर्ने, ८ घण्टाभन्दा धेरै सुत्ने, योग तथा ध्यान गर्ने, बिभिन्न हर्ब्स सेवन गर्ने लगायत गरिरहेका छन् | त्यस्तै भिटामिन सि, जिंक, ग्रिन टि, भिटामिन डी ३ लगायतका सप्लिमेन्टले कोरोना संक्रमण बिरुद्धको युद्ध सजिलो बनाएका छन् |
  •  खोप आउन १८ महिना लाग्छ भनेकोमा अमेरिकाको Pzfier कम्पनीले जर्मनीसंगको सहकार्यमा ६ महिनामा करोडौंको मात्रामा mRNA vaccine designed to induce immunity and prevent COVID-19 infection खोप निर्माण गर्ने अभियानमा लागेको छ । त्यस्तै Oxford University को Sarah Gilbert, not the one on Rosanne but a professor of vaccinology ले सेप्टेम्बरसम्म खोप ल्याउने ८० % विश्वस्त रहेको बताएको छ | खोपको अनुसन्धान दर्जनौं देशका हजारौं प्रयोगशालामा भइरहेको छ | खोप निर्माणमा एक किसिमको प्रतिष्पर्धा नै भइरहेको छ |
  •  संक्रमण ब्यापक भएका क्षेत्रका नागरिकमा तथा अन्य संक्रमित व्यक्तिमा हर्ड इम्युनिटी बिकास हुने भएकोले उनीहरु निस्फिक्री काममा जानेछन | छिटो वा ढिलो यो भाइरससंग हामी जम्काभेट भएर यसलाई परास्त गर्नु नै छ: खोपको रुपमा, हर्ड इम्युनिटीको रुपमा वा संक्रमणको रुपमा ।
  • चीनले आफ्नो परम्परागत चिकित्सा प्रणालीबाट धेरै संक्रमित लाभान्वित भएको बताएको छ | भारतको आयुष मन्त्रालयले बिभिन्न जडिबुटीमा अनुसन्धान गरिरहेको छ | त्यस्तै बिभिन्न देशका आफ्ना परम्परागत चिकित्सा प्रणालीमा अनुसन्धान भइरहेको छ । यो अनुसन्धानलाई क्लिनिकल ट्रयालको तथ्यसहित गाइडलाइन आउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्