मेलम्ची क्वारेन्टाईनबाट ३ जना घर फिर्ता, थपिएका ४ जनाको र्‍यापिड टेष्ट नेगेटिभ

सुशील सुवेदी

सिन्धुपाल्चोक – मेलम्चीमा रहेको क्षेत्रिय सुरक्षित क्वारेन्टाईनमा रहेका ३ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनिहरुलाई ७ दिन सम्म घरमा सुरक्षित रहन परापर्श गरि आजै घर पठाइएको मेलम्ची नगरपालिका स्वास्थ्या शाखाका सह–ईन्चार्ज ज्ञानेन्द्र घोरासैनीले जानकारी दिए । उनीहरूलाई सहयोग गर्न परिवार र समाजका सबैलाई उहाँले अनुरोध गरे ।

सथै क्वारेन्टाईनमा आज थपिएका ४ जनाको द्रुत परिक्षण (र्‍यापिड टेष्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको पनि घोरासैनीले जानकारी दिए । ती चारै जनालाई दैलेख जिल्लाको सिफरिसमा १४ दिन सम्मका लागि क्वरेन्टाईनमा लगिएको हो । यसैगरी घर फर्कने सबैलाई मेलम्ची नगरपालिकाका उप–प्रमुख भगवति नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिँदै कोराना भाईरसले ठुलो सानो, धनी गरिब केही नभन्ने भएकाले सचेत र सुरक्षित रही आफ्नो समाज र सरकारलाई सघाउन पनि आग्रह गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्