चीन सँग स्वास्थ्य सामाग्री खरिद गर्न २ अर्ब २५ करोड बढीको सम्झौता

काठमाडौं – नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ ।

चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याइनेछ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बढीको सम्झौता भएको छ । स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि विक्रीका लागि प्रस्ताव राखेको थियो । तर चीनबाट स्वास्थ्य सामाग्री र भारतबाट औषधि ल्याइने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्