मेलम्चीमा विद्यालयको वार्षिक नतिजा अनलाइनबाटै

FILE PHOTO

सुशील सुवेदी
सिन्धुपाल्चोक – कोभिड १९ अर्थात कोराना भाइसका कारण अहिले विश्वमै शिक्षण सिकाइ क्रियाकलाप प्रभावित भइरहेको छ ।

नेपालको सन्दर्भमा हतार हतारमा वार्षिक परीक्षा सम्पन्न गरेपनि सोको नतिजा प्रकाशन र वितरण एकातिर असहज भइरहेको अवस्था छ भने नयाँ शैक्षिक सत्रको भर्ना र पठनपाठन अन्योल बनिरहेको छ । यस्तो अवस्थामा वार्षिक परीक्षाको नतिजालाई अनलाइन मार्फत प्रकाशन गरी विद्यार्थी समक्ष पुर्याउने काम कतिपय विद्यालयहरुले गरिरहका छन् ।

यस्ता काममा देशका निजी विद्यालयहरु अगाडी देखिए पनि ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरु समते उत्तिकै सक्रिय देखिएका छन् । सामुदायिक विद्यालयहरु मध्ये नै मेलम्ची नगरपालिका स्थिति श्री तेर्से माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत वालविकास केन्द्रदेखि कक्षा ९ सम्म (कक्षा ८ बाहेकको) का विद्यार्थीहरुको नतिजा अनलाइन मार्फत ग्रेडसिट सहित हेर्ने गरी व्यवस्था गरेको छ । कक्षा ८ को भने नगरशिक्षा शाखा मार्फत नतिजा प्रकाशन हुनेछ ।

वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै अनलाईन मार्फत आफ्ना नानीबाबुहरुको वार्षिक नतिजाको विस्तृत विवरण अर्थात त्रैमासिक परीक्षाहरुको विषयगत रुपमा प्राप्ताङ्क लगायतका विवरण हेर्न मिल्ने व्यवस्था गरिएको विद्यालयले जानकारी गराएको छ । जसको लागि प्रत्येक विद्यार्थीकोे विद्यालयले उपलब्ध गराएको आइ डी नं. अर्थात यूजरनेम र पासवर्ड प्रयोग गरी विद्यालयको वेवसाइटमार्फत घरमै बसी नतिजाबारे अभिभावकले जानकारी लिन सक्नेछन् ।

वर्तमान परिस्थितिमा विद्यालयबाट आफ्नो भौगोलिक अवस्थिति एवं उपलब्ध पूर्बाधारका आधारमा अनलाइन शिक्षण, दूर सिकाइ र बस्ती स्तरमा सिकाइ मध्येका विकल्पहरुलाई विद्यार्थीको सिकाइ निरन्तरताको आधार बनाउने योजनाबारे छलफल भइरहेको विद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्