आफु निकट नेताहरुलाई काठमाडौँ नछाड्न प्रचण्डको निर्देशन

फाइल फाेटाे

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय गरेपछि धेरै नेताहरूले यसबारे प्रचण्डसँग चासो राखेका थिए ।

जवाफमा प्रचण्डले यस विषयमा छलफल चलिरहेको भन्दै राजधानी नछाड्न आफूनिकट नेताहरूलाई निर्देशन दिएको स्रोतले बतायो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्