जुगलमा आरडीटी परीक्षणमा एकको रिपोर्ट ‘शंकास्पद’

सुशील सुवेदी
सिन्धुपाल्चोक –जुगल गाउँपालिकामा आरडीटी परीक्षण गर्दा एकजनाको रिपोर्ट शंकास्पद देखिएको छ । आज काठमाडौंबाट घर फर्केका ४१ जनामध्ये ३९ जनाको आरडीटी परीक्षण गर्दा एकजनामा शंकास्पद देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत चापागाइले जानकारी दिए ।

जुगल ७ याङलाकोटका ३२ वर्षीय एक पुरुषको आरडीटी दुई तीन पटक गर्दा समेत रिपोर्ट शंकास्पद आएको थियो । ‘एकचोटिमा रिपोर्ट क्लियर आएन फेरि गर्यौ उस्तै देखियो चापागाइले भने, त्यसैले उनको थप परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।’

स्वाब परीक्षणका लागि धुलिखेल पठाउने तयारी भएको उनले जानकारी दिए । उनीहरु आज नै काठमाडौंबाट जिल्ला आएका थिए । जुगल छिर्नु अघि उनीहरुको आरडीटी परीक्षण गरिएको थियो ।

उनीहरुलाई भक्तपुरका प्रहरीले समन्वय गरेर सामान लिन गएको ट्रकमा हालेर पठाएको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । सो ट्रक भोटेकोशी गाउँपालिकाको सामान लिन गएको थियो ।

रिपोर्ट शंकास्पद आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने अन्यलाई घर पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्