वडाबाटै वृद्धभत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक खुसी, भन्छन- स्थानीय सरकार घर घरमा आएको जस्तो भयो

हेटौडा, २१ माघ । सामाजिक सुरक्षाभत्ता बापतको रकम मकवानपुरगढी गाउँपालिकाले वडाबाट वितरण गरेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । मकवानपुरगढी गाउँपालिकाको – ८ वटै वडाहरु मध्ये पहिलो चरणको वडाबाट भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ । जसअन्तर्गत वडा नम्बर – ८ मा गत माघ- ४ गते र वडा नम्बर- १ मा  नै वडा स्तरबाट भत्ता वितरणको काम सम्पन्न भइसकेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । वडा नम्बर- १ मा घुम्ती शिविरमार्फत् मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा अध्यक्ष आईत सिंह लोको हातबाट सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो ।

 

सुरुवात चरणमा गाउँपालिकाको केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि भौगोलिक रुपमा टाढा र बिकट मानिएको मकवानपुरगढी गाउँपालिका भित्रका ८ वटा वडाहरूमध्ये वडा नम्बर- ८ र वडा नम्बर- १ का सामाजिक सुरक्षाभत्ता लाभग्राहिहरुलाई वडा स्थरबाट सेवा दिने कामको सुरुवात गरेको र वडाबाट सामाजिक सुरक्षाभत्ता वितरणको काम १ नम्बर वडामा सम्पन्न भइसकेको स्याङ्तानले बताए । वडास्तरीय सामाजिक सुरक्षाभत्ता वितरण कार्यक्रममार्फत २०३ जना लाभग्राही मध्ये १८३ जना लाभग्राहीहरुले सामाजिक सुरक्षाभत्ता रकम बुझेको पञ्जीकरण शाखा प्रमुख रघुनाथ हुमागाईंले बताए ।

 

हेटौँडा उपमहानगरपालिकासँग जोडिएको नजिकको पालिका भए पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले विशेष गरी अहिले दोस्रो किस्ताअन्तर्गत वडा नम्बर – १ र वडा नम्बर – ८ लाई विशेष प्राथिमकतामा राखेर बैंकमार्फत् वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागेको र बाँकी रहेको वडाका लाभ ग्राहीहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट वितरण भइरहेको र विस्तारै यो बर्ष भित्र सबै वडाका लाभग्राहीहरुलाई सामाजिक सुरक्षाभत्ता वडास्तरबाट वितरण गरिने हुमागाँईले बताए । वडाबाट बैंकमा भत्ता लिन पालिकासम्म आउन जान निकै कठिन हुने गरेको र झन धेरै मोटर भाडा लाग्ने गरेकोले अब आफुहरुले वडा वडाबाटै भत्ता बुझ्न पाएपछि वडा नम्बर- १ का लाभाग्राहिहरुको मुहारमा खुसि झल्किएको छ ।

 

पालिकासँगै रहेको नबिल बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्धा भत्ता बुझ्न आएका – १ नम्बरका पूर्ववडा अध्यक्ष मानबहादुर घिसिङ यस आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुँदै उनले पालिका र जनप्रतिनिधिलाई धन्यवाद दिए

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्