एडीबीद्वारा सञ्चालित आयोजना कार्यान्यनको माग गर्दै सहरी विकास मन्त्रीलाई ज्ञापनपत्र

महेन्द्रनगर– एसीयाली विकास वैंक (एडीबी)को सहयोगमा सञ्चालित आयोजना थप तथा कार्यान्वयनका लागि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।

क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत दोस्रो चरणका सडकहरु कार्यान्वयनका लागि नगर प्रमुख महराले सहरी विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। झलारी–पिपलाडी सडक १.३७ किलोमिटर, कालिका माविदेखि दक्षिण सडक ०.५८ किलोमिटर, स्टेशनपुर सडक (एम २) १ किलोमिटर र सिसैया सडक (एम ३) ३ किलोमिटर निर्माणको माग गरिएको छ। चार वटै सडकको डीपीआर तयार गरिएको र निर्माणमा कुनै अबरोध नभएकाले समयमै ठेक्का आह्वानका लागि माग गरिएको नगर प्रमुख महराले बताए। ‘चालु आर्थिक वर्षमै ठेक्का आह्वान गरि अगामी आर्थिक वर्षको सुरुवातमा काम हुने बातावरण मिलाईदिन आग्रह गरेका छौं,’ उनले भने।

सहरी विकास मन्त्रालय र एडीबीको टीम सडक निर्माणका लागि सकारात्मक रहेको उनले बताए। ‘अर्थ मन्त्रालयले बजेट निकासा नर्गदा आयोजना कार्यान्वयनमा समस्या देखिएको थियो,’ उनले भने, ‘अहिले एडीबी र सहरी विकास मन्त्रालयले आयोजना कार्यान्वयन गर्ने बताएको छ, छिट्टै ठेक्का आह्वान भएर निर्माण कार्य अगाडी बढ्नेछ।’ शुक्लाफाँटा नगरपालिकामा एडीबी र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा ६.२ किलोमिटर सडक निर्माण भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्