स्थानीय सरकार भएको आभाष दिदै थलारा गाउँपालिका कर्मचारी

बझाङ – बझाङ को थलारा गाउँपालिकाले १२वटा स्थानीय तह मध्ये केही फरक र स्थानीय बासि लाइ सहज हुने कार्य को थालनी गरेको छ। गाउँपालिका को टिमले स्थानीय सरकारको आभास दिलाउन प्रत्येक वडा कार्यालयहरुमा पुगेर उपभोक्ताहरुको योजना सम्झौता गर्न सुरु गरेको छ । वडा तथा पालिका बाट बिनियोजन रकमको सम्झौता गर्नका लागी उपभोक्त समितीले यो भन्दा पहिलेका बर्षमा सास्ती खेप्दै आउनु परेको भन्दै पालिकाले वडामा नै गएर सम्झौता गर्न सुरु गरेको हो । वडा बाट सम्झौता गर्न पालिकामा जान्दा सबै कागजपत्र नपुग्ने र नगद समेत खर्च हुने गरेको थियो र अर्को तर्फ सबै कागजात नपुग्दा समेत घर फर्कीनु पर्ने झण्झट हुने गरेकाले यस्ता झण्झट बाट छुटकारा दिलाउका लागी थलारा गाउँपालिकाको टिम नै प्रत्येक वडा कार्यालयहरुमा पुगेर वडामा नै सम्झौता गर्न सुरु गरेको छ ।

गाउँपालिकाको टिम वडामा पुगेर उपभोक्ताहरुलाई थप सहज र सुबिधा दिएकोले उपभोक्ता समितीका ब्यतिहरु निकै खुसि भएको पाइन्छ। ‘कतिपय उपभोक्ता समितीका पदाधिकारीहरुलाई कागजात मिलाउन पनी समस्या हुन्थ्यो । पालिका बाट सम्झौता गर्ने टिम वडामा पुगेपछी कुनै कागजात अपुग भए तत्काल ल्याउन र सच्याउन पनी सजिलो भयो उहाको भनाइ छ । वडा बाट त पालिका बाट बिनियोजन गरेको सबै योजना को वडा कार्यालय बाट नै सम्झौत गरेको बताउदै वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र बहादुर बिष्टले सबै योजनाको वडा कार्यालयमा नै सम्झौता भएको बताउनुभयो । ‘पालिका बाट प्रमुख प्रशासकिय अधिकृत सहितको टोली वडा कार्यालय सम्म पुगेर सम्झौता वडामै गर्दा यहाँका नागरीकहरुले पाउने सास्ति नपाएको र आम नागरीक तथा उपभोक्ताहरुलाई निकै सहज भएको बताउनुभयो । साथै उपभोक्ताहरुको समयको बचत हुनुका साथै सिहँदरबारको अधिकार गाउँघरमा नै पुगेको प्रत्यक्ष अनुभुती गर्न पाएको बताउनुभयो ।

यस्तै पालिकाले यस वडा कार्यालयमा मात्रै नभई वडा नम्बर १ देखि वडा नम्बर ९ मा समेत वडा कार्यालयमा नै पुगेर सम्झौता सम्पन्न गर्ने आफुहरुको लक्ष्य रहेको प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितले बताउनुभयो । पालिकामा पुगेर सम्झौता गर्दा कहिले विभिन्न गाजजात नलिएर आउने गरेका कारण अनाआवश्यक रुपमा उनिहरुलाई सास्ति दिनु भन्दा उनीहरुको पिर मर्का बुझेर आफुहरुले वडामा नै गएर सम्झौता गर्न अनुरोध गरेपछी उपभोक्तांहरुलाई नै सजिलो भएको उहाले बताउनुभयो । सबै भन्दा विकट वडा नम्बर १, २ ,र ४,७,८ मा सम्झौता सम्पन्न गरेको र आज वडा नमबर ९ मा कार्यकारीको टीम नै गएर सेवा दिएको जनाइएको छ। अब आगामी वर्षहरुमा वडा कार्यालय मा नै योजना को खाता समेत खोल्नको लागि आफुहरले पहल गर्ने कार्यालय प्रमुख पण्डिले बताएका छन। यो कार्यक्रम गर्ने कुनै पालिका को निर्णय नभएर आफुहरुले जनताको समस्या बुझेर पालिका को कर्मचारी को टिम वडा बस्ती र टोलमा पुगेर स्थानीय सरकार भएको आभाष दिलाएको उहाँको भनाइ रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्