इजरायली हमलामा अहिलेसम्म २५ हजार बढी प्यालेस्टाइनीको गयो ज्यान

गाजा, ९ माघ । इजरायली हमलामा परी २५ हजार भन्दा प्यालेस्टाइनीले ज्यान गुमाएका छन ।

 

प्यालेस्टाइनी अतिबादी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा गाजामा २५,००० भन्दा बढी मानिस मारिएका छन्।

 

विगत २४ घण्टामा १७८ जनाको मृत्यु भएको छ भने जारी युद्धको अहिलेसम्मकै सबैभन्दा घातक भएको मन्त्रालयले जनाएको छ ।

 

युद्ध जारी रहँदा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेरि प्यालेस्टाइन राज्य बनाउन अस्वीकार गरेका छन ।

 

इजरायलले ७अक्टोबरको आक्रमण पछि आफ्नो आक्रमण सुरु गरेका थियो, जसमा हमास लडाकुहरूले दक्षिणी इजरायलमा १४ सय मानिसहरूलाई मारेका थिए र २४० भन्दा बढीलाइ बन्धक बनाएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्