मेलम्ची नगरपालिकाको तीन मुख्य नाकामा हेल्थ डेस्क

शुशील सुवेदी

सिन्धुपाल्चाेक – क्वारेन्टाईनबाट भागेका १ जना नियन्त्रणमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरी सहितको सुरक्षा कर्मी सहितको हेल्थ डेस्क संञ्चालन गरेको छ ।

काभ्रेको सिमाना ढाडखोला र काठमाण्डुसँगको सिमाना भोटेचौर र छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँच पछि मात्रै नगर प्रवेश गराउने मेलम्ची नगरपालिकाका स्वास्थ्य साखाका सहईन्चार्ज ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।

यहि बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साईटमा वालुवा गिटि लगायत सामाग्री ढुवानी हुने भएपछि स्थानीयको माग बमोजिम सुरक्षाको लागि पनि डेस्क सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।

यसैबीच हिजो मेलम्ची क्षेत्रीय क्वारेन्टाईनबाट भागेका मेलम्ची १३ का १ जनालाई ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङको टोलीले आज घरबाटै नियन्त्रणमा लिई पुनः क्वारेन्टाईनमा राखिएको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । भोलीबाट सिसि क्यामेरका साथै सुरक्षाका सामाग्री जडान गरिने पनि नेपालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्