थानकोटमा रोकिएका पैदलयात्रीलाई बस चढाएर गन्तव्यतर्फ पठाइयो

काठमाडौं – प्रधानमन्त्रीको निर्देशनपछि थानकोटमा रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरुलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरुलाई शनिबार थानकोटमा रोकिएको थियो । करिव तीन सयको संख्यामा रहेका उनीहरुलाई विहान खाना दिइएको थियो । साँझपख भने बस चढाएर पठाइएको छ ।

चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरुलाई पठाइएको हो । पहिलो लटमा बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेत पठाइनेछ ।
अनलाइनखबरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्