अलपत्र आफ्ना नागरिकलाई लिसंखुपाखर गाउँपालिकाले उद्धार गर्ने

सुशील सुवेदी

सिन्धुपाल्चाेक – विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले उद्धार गर्ने भएको छ ।

घर आउन चाहेमा गउँपालिकाले यातायातको व्यवस्था गर्ने भएको हो । श्रमिक, मजदुर तथा ज्यालादारीहरु दैनिक खान नपाएर भोकभोकै लामो दूरी तय गरेर हिडिरहेको भन्ने समाचार आएपछि गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका त्यस्ता व्यक्तिहरुलाई ल्याउन पहल थालेको हो । ‘पहिलो चरणमा हामी के कति मानिस काठमाडौंमा छन् तथ्याकं उतार्दै छौं’ गाउँपालिकका अध्यक्ष कमल नेपालले भने, त्यो तथ्याकं आएपछि उनीहरुलाई ल्याउने व्यवस्था गर्नेछौं । सकेसम्म त्यहीका स्थानीय तहहरुसँग समन्वय गरेर राहतको लागि पहल गर्ने र जहाँ छन् त्यही राख्ने योजना छ । यदि उनीहरु घरमा नै नआई नछाड्ने हुन भने सवारी पासको व्यवस्था गरेर गाउँपालिकामा ल्याउने र दुई हप्ता क्वारेन्टाइनमा राखेर मात्रै घर जान दिने अध्यक्ष नेपालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्