हेलम्बुको अभियान : घर–घरमा डाक्टर

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले घर–घरमा गएर स्वास्थ्य सेवा दिइरहेको छ ।
कोरोना संक्रमण न्युन गराउनका लागि गाउँपालिकाले घर–घरमा गएर स्वास्थ्य सेवा दिइरहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । कोरोना भाइरसको परीक्षण सँगै अन्य दिर्घ रोगिका विरामीहरुको चेकजाँच गर्नका लागि स्वास्थ्यकर्मी घर–घरमा पुग्न थालेका हुन् ।

घर–घरमै स्वास्थ्य सेवा पाएपछि स्थानीय निकै खुसी भएका छन् । “स्वास्थ्यकर्मी घरमै आउँदा एकदम सजिलो भएको छ, ३÷४ घण्टा हिडेर जानु पथ्र्यो त्यो समस्या बाट मुक्त भएका छौँ ।” एक स्थानीयले भने । गाउँपालिकाभरिका १९ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

कोरोनाका विरामी पहिचानको लागि थालिएको अभियानले अन्य रोगका विरामीहरुलाई पनि फाइदा पुगेको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । “गाउँमा भएका बृद्धबृद्धाहरुले स्वास्थ्य चौकी सम्म जान सक्ने अवस्था नभएका कारण यो अभियानको सुरुवात गरिएको हो । ”डा. पसाङ छिरिङले भने । कोरोना भाइरस नियन्त्रणकालागि गाउँपालिकाका ७ वटै वडाहरुमा ३०५ बेडको क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

उच्च सतर्कता अपनाएर विरामीहरुको परीक्षण गरि दिर्घरोगीहरुलाई अस्पताल सम्म लैजाने गाउँपालिकाले जनाएको छ । “कतिपय ठाउँमा विरमीले औषधि सेवन गर्न नै छोडेको थियो यसले भोलिका दिनमा निकै असर पर्छ त्यहि भएर यस्तो अवधारण ल्याएका हौँ, यसका साथै गाउँमा भएको कोरोनाको त्रास पनि जनमानसबाट हटाउन सफल भएका छौ ।” अध्यक्ष शेर्पाले भने । कोरोना भाइरसले विश्व महामारीको रुप लिदा हेलम्बुले भने उच्च सतर्कताका साथ घर–घरमा स्वास्थ्य सेवा दिइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्