दार्चुलामा एक दम्पतिले भीरबाट हाम फालेर आत्महत्या गरे

दार्चुला — मार्मा गाउँपालिका १ ताकुका एक दम्पतीले भीरबाट हाम फालेर आत्महत्या गरेका छन् ।

शुक्रबार राति ताकुका २८ वर्षीय राजेन्द्र महर र उनकी श्रीमती २६ वर्षीया ललिता धामीले ताकु र दह नजिक रहेको सुन्दरभिरबाट हाम फालेर आत्महत्या गरेको स्थानीयले बताएका छन् । उनीहरुको एक हप्ताअघि मात्रै विवाह भएको थियो।

स्थानीय दिनेशबहादुर सिंहका अनुसार वैशाख १ गते राजेन्द्रले ललितासँग भागी विवाह गरेको र जेठी श्रीमती कोपिलाले त्यसको दुई दिनपछि श्रीमानले बहुविवाह गरेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । दुवै जनाबीच दोस्रो विवाह गरेदेखि विवाद हुँदै आएका आफन्तले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्