एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपाली शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइनस्थलमा लगिएका थिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्