इरानी ड्रोन हमलामा दुइ पाकिस्तानी बालबालिकाको मृत्यु

लाहौर, ३ माघ । इरानी ड्रोन र मिसाइल आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकाको मृत्यु भएको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा इरानको रिभोलुसनरी गार्डले सशस्त्र समूह जैश अल अदलमाथि गरेको ड्रोन र मिसाइल आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको हुन ।

 

जैश अल अदल इरानको अशान्त दक्षिणपूर्वी प्रान्त सिस्तान बलुचेस्तानबाट गतिबिधि सञ्चालन गर्दछ, जुन पाकिस्तानसँग सिमाना नजिक पर्दछ । र, सो समुह  इस्लामिक गणतन्त्रमा धेरै आक्रमणहरूको लागि जिम्मेवार छ।

 

इरानको रिभोलुसनरी गार्डले पनि सोमबार राति इराकको एर्बिल र उत्तरी सिरियाका लक्ष्यहरू विरुद्ध हमलाहरू सुरु गरेको थियो ।

 

पाकिस्तानले इरानको हमलालाई आफ्नो हवाई क्षेत्रको ूबिना उक्साहटू उल्लङ्घनको रूपमा वर्णन गरेको छ।

 

‘पाकिस्तान र इरानबीच सञ्चारका धेरै माध्यमहरू भए पनि यो गैरकानूनी कार्य भएको छ, यस्तो हुनु अझ चिन्ताजनक छ,’ पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्