छोरा सम्भव खातिको जन्म दिनमा वडा अध्यक्ष इश्वर खातिले गरे न्यानो कपडा वितरण

बझाङ  – जयपृथ्वी नगरपालिका ४का वडा अध्यक्ष इश्वर बहादुर खाती ले गरे आफ्नो छोराको जन्म दिनमा असहाय तथा दलित समुदायका बालिकाहरूलाई न्यानो कपडा बितरण गरेका छन् । खातिले आज परेको छोरा सम्भव खातिको जन्मदिनको अवसरमा गोलाईमा रहेका दलित तथा असाहय बालबालिकाहरूलाई न्यानो कपडा बितरण गरेका   हुन् । खातिले छोराको जन्म दिनको अबसरमा सो वडामा रहेका ३०जना बालबालिकालाई हाइनिक र टाउजर (जाडोमा लगाउने कपडा) बितरण गरेका हुन् । बाह्य खर्च गर्नुभन्दा केही जोडोमा बालबालिकालाई चिसो बाट बच्ने उदेश्यले कपडा बितरण गरेको वडा अध्यक्ष खातिले बताए ।

‘यो समयमा अत्याधिक चिसो बढ्ने र हिमपात पनि हुने हुँदा निकै जाडो हुन्छ । जाडोका कारण असहाय तथा दलित समुदायका बालिकाहरूलाई नकारात्मक प्रभाव नपरोस् भन्ने उदेश्यले मैले मेरो छोरो सम्भव खातिको जन्म दिनमा गर्ने खर्च कटाएर बालबालिकालाई न्यानो कपडा बितरण गरेको हुँ ’ उनले भने । जाडो समयमा स-साना बालबालिकालाई आफुले सकेको सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताउँदै उनले आगामी दिनमा पनि यस्तो कामलाई निरन्तरता दिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्