मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सभा बस्दै

काठमाडौ, २३ पुस । मकर जितुमाया सुरी हाइड्रोपावरको सोमबार वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस २ गते बुक क्लोज गरिसकेको छ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल र आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्तिका साथै निजको  पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्