शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा

काठमाडौ, २३ पुस । शिवम् सिमेन्ट्सले लाभांश वितरण प्रस्ताव पारित गर्न शुक्रबार पुस २७ गते साधारण सभा बस्ने भएको छ ।

शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि थप पुँजी बढ्नेछ ।

कम्पनीले सभाको लागि बिहीबार पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, सभामा भाग लिन र लाभांश हात पार्न बुधबार पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्