​​​​​​​रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?

मुम्बइ, १९ पुस । यतिबेला सुपरस्टार रणवीर कपुरको नाम फिल्म ‘एनिमल’ को सफलताका कारण लगातार चर्चामा छ ।

 

निर्देशक सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीरको अभिनयलाई लिएर सबै पागल बनेका छन् । एनिमल पछि रणबीर कपुरको आगामी फिल्मको प्रतिक्षामा सबै जना छन् ।

 

यसैबीच, सामाजिक सञ्जालमा रणवीर कपूरका केही नदेखेका तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा उनी प्रहरीको वर्दीमा देखिएका छन् । विशेष कुरा के छ भने यी तस्बिरमा उनीसँगै निर्देशक रोहित शेट्टी पनि देखिएका छन् ।

रणवीरका नयाँ तस्विरहरु बाहिर आएका छन्, जसलाई हेरेर फ्यानहरुको उत्साह बढ्दै गएको छ । वास्तवमा, फिल्म ज्ञानले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा रणवीर कपूर र रोहित शेट्टीको नदेखेको तस्बिर साझा गरेको छ। यी तस्विरहरूमा रणवीर प्रहरीको वर्दीमा देखिएका छन् ।

 

अभिनेताको सिंघम लुक निकै आकर्षक देखिन्छ । यी तस्बिरहरू हेरेर रणवीर निर्देशक रोहित शेट्टीको कप एनिवर्सरीमा सहभागी हुन सक्ने अनुमान गरिएको छ । तर, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । केही फ्यानहरूले यी तस्बिरहरू विज्ञापन फोटोसुटका क्रममा खिचिएको विश्वास गर्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्