पुष्पा खनालको गीत विश्व अवार्डको लागि छनौट

१ जनवरी २०२४, वाशिंटन डिसी
बरिष्ट गीतकार एबँ समधुर स्वरकी धनी गीतकार पुष्पा खनालको “प्यासी” बोलको गीत विश्वका उत्कृष्ट दश गीतमा चयन हुन सफल भएको छ ।
वर्ल्ड सड॰ राइटिड॰ एवार्ड अमेरिकाले आयोजना गरेको विश्वव्यापी प्रतियोगितामा खनालको उक्त गीत उत्कृष्ठ १० मा पर्न सफल भएको हो । वर्ल्ड सड॰ राइटिड॰ एवार्ड अमेरिकाले डिसेम्बर ३१ मा उक्त जानकारी गराएको हो ।
विश्वभरिका गीतकारले भाग लिएको विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको प्यासी गीत उत्कृष्ठ १० मा परेको हो ।
विश्व पुरस्कार पाउँन लागेको पुष्पाको गीत निम्न अनुसारको छ –

रिमझिम रिमझिम वर्षात होस्
प्यासी प्यासी आत होस्
मदहोसी त्यो रात होस्
त्यहाँ तिम्रो साथ होस्
यो मन कैले काहीँ किन किन किन
वशमा रहनै मान्दैन३ हो रहनै मान्दैन ।

नजाऊ न त्यति पर
अलि वर तिमी सर
थोरै माया मलाई गर
अरू यहाँ को नै छ र ?
यो मन कैले काहीँ किन किन किन
वशमा रहनै मान्दैन३ हो रहनै मान्दैन ।

पोखिइदेऊ न अलिकति
समेटौँला सकेजति
नमान न लाज कति
यही त हो नि माया पिरती
यो मन कैले काहीँ किन किन किन
वशमा रहनै मान्दैन३ हो रहनै मान्दैन ।

सन् २०२३ को शरद ऋतुमा आयोजित विश्व गीत लेखन अवार्ड प्रतियोगितामा खनालले पहिलोपटक सहभागिता जनाएकी थिईन् । पहिलो सहभागितामै एवार्ड हात पर्न लागेकोमा पुष्पाले भनिन् – यो मेरो पहिलो सहभागिता थियो, उत्कृष्ठ १० मा पर्न सफल भएँ । म निकै खुसी छु । नेपाली गीतले वर्ल्ड एवार्ड पाउँन लागेको खबर सवै नेपाली दिदी बहिनी दाज्यू भाइसँग बाँडन पाउँदा मेरो खुशी हिमाल झैँ चम्केको छ ।
वर्ल्ड सड॰ राइटिड॰ एवार्ड अमेरिकाले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्ने गीतलाई सम्मान सहित विश्वस्तरको गीतको मान्यता प्रदान गर्ने प्रावधान छ ।
लगभग तीन दशकदेखि गीत र कविता लेख्दै आएकी पुष्पाका दुई गीत सङ्ग्रह, दुई एल्बम र सयौं फुट्कर गीत तथा कविताहरू विभिन्न साहित्यिक र प्रमुख मिडियामा प्रकाशित छन् ।उनी सफल गीतकार मात्र नभै साहित्यका विविध बिधामा कलम चलाउँने कुशल साहित्यकार पनि हुन् ।


डि पुष्पाज क्रियशन नामको यु ट्यूब च्यानलबाट उनले वाचन गरेका डा. दामोदर पुडासैनी किशोरको ग्रीष्मको नीलो वतास र डोल्पो ओ डोल्पो जस्ता पुस्तकहरूको इबुक विश्वका धेरै स्रोताहरूले मन पराएका छन् । उनले वाचन गरेको डोल्पो ओ डोल्पो इबुकको शृंखला निकट भविष्यमै साहित्य पोष्टले प्रसार गर्ने तयारी पुरा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्