दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित

दाङ, १६ पुस । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रुबहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको थियो।

सोमबार अपराह्न ४ बजे बसको ठक्करबाट दुधरास विद्यालयमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका–१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय अगाडि नै बसले ठक्कर दिएको थियो।

विद्यार्थीको मृत्युपछि स्थानीयले घोराही तुलसीपर सडकखण्ड अवरुद्ध गरेका छन्। विद्यार्थी अभिभावकहरूले अहिले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन्। स्थानीले तोडफोड गर्दा प्रहरीको भ्यानमा समेत क्षति पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्