नेपालमा पनि हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु

भक्तपुर, १६ पुस । नेपालमा पनि हावाबाट विजुली निकाल्ने सम्भव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण सामग्रीहरु प्रदान गरी उनीहरुले सहयोग गरेको हो ।

 

भक्तपुरको चाँंगुनारयाण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)सँंग सहकार्य गरी अध्ययन सुरु गरिएको हो । अध्ययनका लागि आवश्यक सामाग्रीहरु जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले नेपाल इन्जिनियरिङ कलेज (नेक) लाई आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छे । दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीलाई जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा र तीन दसकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले संयुक्त रुपमा सामानहरु हस्तान्तरण गरेका हुन् ।

अध्ययनमा कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पनि प्रयोग गरिने जनाइएको छ । विद्यार्थीलालई प्रेरणा दिइ उनीहरुबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेज काम थालेको कलेजले जनाएको हो ।

यसको लागि कलेजका प्रोफेसर दिनेशप्रसाद गुरागाईको अध्यक्षतामा हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरिएको छ । हावा इनर्जी परियोजना नामाकरण गरिएको यो परियोजनाका लागि कलेजका प्रोफेसर पाँंच रहेका छन् । कलेजका विभिन्न विभागहरु सिभिल, कम्प्युटर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, इलेक्टिकल एण्ड कम्युनिकेशनका एकएकजना प्रोफेसरहरु सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समूहका अध्यक्ष दिनेशप्रसाद गुरागाईले जापानीहरुको प्राविधिक सहयोग तथा कलेजको व्यवस्थापनमा काम थालिएको बताए । यसअनि पनि यो प्राजेक्ट रहेको भन्दै उनले यसलाई सफलतामा पुरयाई छाडने प्रतिवद्धता जनाए ।
यसका लागि कलेजमा अध्ययनतर विद्यार्थीलाई प्रयोग गरिने उनले जनाए । पहिलो चरणमा हामीले चाँंगुनारायण नगरपालिकाभित्रका विभिन्न ठाउँंहरुमा हावाको गति नाप्ने काम गर्ने योजना छ, उनले भने, पछि देशका अन्य ठाउँंहरुमा पनि गर्न सकिन्छ ।

यसका लागि चाँंगुनारायण नगर क्षेत्रका विभिन्न भवनको छतमा एउटा एन्टेना (फलामको रड) मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिने छ । त्यसपछि त्यसबाट हावाको बेग नापिने छ ।
तीन दसकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले हावाबाट पनि बिजुली उत्पादन सम्भव रहेको बताए । यही सम्भाबनाका कारण आफूहरुले नेपालमा २०७२ सालको महाभूकम्प पछाडिदेखि हरेक वर्ष आइ कलेजका विद्यार्थीलाई परामर्श दिने गरेको महर्जनले सुनाए । जापानमा प्रयोगमा रहेको यसै प्रविधिबाट नेपालमा पनि बिजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा काम गर्न खोजिएको उनले जनाए । उनले भविष्यमा नेपालबाटै यो अध्ययन अनुसन्धान होस् भन्ने हेतुले आफूहरुले सहयोग गरिहेको बताए । उनका अनुसार जापानमा एक सेकेण्ड पनि कहिल्यै लोडसेडिंग हुँंदैन ।

नेपालका विभिन्न ठाउँहरुमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट बिजुली उत्पादन गर्ने योजना अगाडि बढाउन यसो गरिएको उनले जनाए । यही प्रायोजनका लागि जापानको जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा हाल महर्जनसहित नेपालमा छन् । महर्जन पनि तीन दसक अघिदेखि नै जापानमै छन् ।

नेपालमा अहिलेसम्म हाइडोपावरको प्रयोगबाट मात्रै बिजुली निकालिएको छ । यसबाहेक सोलार प्रणालीबाट पनि घरघरमा सानोस्तरमा उत्पादन गरी बिजुली निकालिएको छ । यसबाहेक अन्य प्रविधिको प्रयोगबाट उपभोग्य रुपमा बिजुली निकाल्न सकिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्