गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौ, १६ पुस । गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने साेमबार अन्तिम दिन हो । यी दुवै कम्पनीले मंगलबार पुस १७ गते बुक क्लोज गर्ने भएकोले पुस १६ गते संस्थामा कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

 

गरिमा विकास बैंकले लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट ९.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा पोखरामा पुस २९ गते बिहान ११ बजे सुरु गर्नेछ ।

यसैगरी, लुम्बिनी विकास बैंकले सेयरधनीहरुलाई ८.५०  प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट ४% बोनस सेयर र कर सहित ४.५०% नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्