नेपालगञ्जमा स्कारपियोको ठक्करबाट नयाँ बर्ष मनाएर फर्केका दुईको मृत्यु

नेपालगञ्ज, १६ पुस । बाँकेमा अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने क्रममा स्कारपियो जीपले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु हुनुको साथै एकजना गम्भीर घाइते भएका छन् ।

 

आइबार राति सुदूरपश्चिम प्रदेश ०१–००१च ३४६१ नंम्बरको स्कारपियो जीप सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै भएको दुर्घटनामा परेर नेपालगञ्ज–१३ की २४ वर्षिया आस्था शाह र एक  परिचय खुल्न नसकेको पुरुषको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

 

सो दुर्घटनामा परेर नेपालगञ्ज–१३ की २५ वर्षिया सहाना शाह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए ।

 

दुर्घटनामा परेर गम्भीर घाइते भएका तीन जना मध्ये आस्था र परिचय खुल्न नसकेको पुरुषको अस्पताल पुराए लगत्तैं मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । बाँकेमा चालु आर्थिक वर्षको साढे छ महिनामा भएका ७६ वटा सवारी दुर्घटनामा परेर ३३ जनाले ज्यान गुमाएका छन् भने सय बढी घाइते भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्