धोती दिवस मनाउन खोज्ने सिके राउतसहित पक्राउ, पुलिस क्लबमा राखियो

काठमाडौं, १६ पुस । धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ।

बबरमहलबाट माईतिघर तर्फजाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।

`धोती दिवस मनाउँन माईतिघर जान लाग्दा आर्ट काउन्सिलवाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरे महेन्द्र पुलिस क्लब ल्याएको छ,` थुनामा रहेका साहले भने, यहाँ ७३ जना छौं, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।´

 

मधेसी समुदायले अंग्रेजी नयाँ बर्षमा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्