डंकीमा शाहरूख खानकाे जादु कायमै, ११ दिनमा कमायाे ३६१ कराेड बढी

मुम्बइ, १६ पुस । शाहरुख खानको फिल्म ‘डंकी’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

 

राजकुमार हिरानीले निर्देशन गरेको यो पारिवारिक मनोरञ्जनात्मक चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । कमेडीसँगै डिङ्कीले सामाजिक सन्देश पनि दिने याे फिल्मले बजार तताइरहेकाे छ ।

 

डिसेम्बर २१ मा हलमा रिलिज भएको यो मल्टिस्टार फिल्मले सोचेभन्दा राम्रो कमाई गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन । जसका कारण फिल्मले बक्स अफिसमा लगातार राम्रो कमाई गरिरहेको छ । चलचित्रले ११ औं दिनमा पनि आफ्नो पकड कायम राखेको छ । त्यसैले वर्षको अन्तिम दिन अर्थात दोस्रो आइतबार फिल्मको बक्स अफिस कलेक्शन कस्तो रह्यो, बुझाैं ।

शाहरूखकाे प्राेडक्सन कम्पनिका रेड चिल्ली इन्टरटेन्मेन्टका अनुसार डकी विश्वब्यापी रूपमा ३६१.३० कराेड कलेक्सन गरिसकेकाे छ ।

 

सैकनिल्कको रिपोर्ट अनुसार भारतमा मात्रै डंकीले रिलिजको ११ औं दिन अर्थात आइतवार ९.५ करोड भारूको शानदार कलेक्सन गरेको छ । योसँगै डङ्कीको हालसम्म भारतमा मात्रै कुल सङ्कलन १८५.७२ करोड रहेको छ । जसअनुसार नयाँ वर्षमा पनि डिङ्कीको कमाई बढ्ने अपेक्षा गरिएको छ ।

 

फिल्मको हालसम्मको कमाईलाई हेर्दा डिङ्कीले भारतीय बजारमा छिट्टै २०० करोडको आँकडा पार गर्ने  देखिएकाे छ ।

 

राजकुमार हिरानीको फिल्ममा शाहरुख खान फरक अवतारमा देखिएका छन् । यो फिल्मबाट किङ खानले छुट्टै जादू बनाएका छन् । यस मार्फत तापसी र शाहरुख पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । फिल्ममा यी दुई बाहेक विक्की कौशल, बोमन इरानी, ​​अनिल ग्रोवर र विक्रम कोचरको पनि महत्वपूर्ण भूमिका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्