परियोजनाको अनुगमन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल तथा बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढीको साझेदारिमा संचालिन समावेशी तथा गुणस्तरी शिक्षा र नेपाल रिड्स परियोजना अन्तरगत भजनी नगरपालिका र टिकापुर नगरपालिकामा संचालन भएका गतिविधिहरुको अनुगमन पौष १४ र १५ मा सम्पन्न भएको छ । बिकाशका लागि युवा एक्यवद्धता (YARD) का कार्यकारी निर्देशक अस्मिता थापाको नेत्रित्वमा रहेको अनुगमन टोलिमा यार्डका महासचिब हिक्मत भण्डारी, कोषाध्यक्ष सोनी लामा परियोजना संयोजक रतन बहादुर बि क, आर्थिक तथा प्रशासनिक प्रमुख गोमा चौधरी, यार्डका फिल्ड अफिसर पिताम्बर पौडेल, कल्पना चौधरी र समाजिक परिचालक निसु मल्लको टिमले परियोजना अन्तरगत संचालन भएका क्रियाकलापहरुको अनुगमन गरी आवश्यक पृष्ठपोषण प्रदान गर्नु भएको थियो ।

टोलिले परियोजनाबाट लाभान्वितहरु संग ब्याक्तिगत तथा समुहगत छलफल, भजनि वडा न ७ मा दुईवटा पढाइ शिबिर र टिकापुर क्षेत्रमा दुई वटा शिकाई शिबिरको अवलोकन गरेको थियो। भजनीमा समावोशी तथा गुणस्तरी शिक्षा अन्तरगत संचालन भएको पढाई शिविरको अनुगमन गरीएको थियो भने टिकापुरमा नेपाल रिड्स परियोजना अन्तरगत संचालन भएको सिकाई शिविरको अनुगमन गरीएको थियो र अनुगमन पश्चात पढाई शिविर सहजकर्ता र अभिभावकहरुसंग परियोजनाले समुदायमा पारेको प्रभाव, प्राप्त उपलब्धि तथा समस्या र चुनौतिहरुका बारेमा छलफल गरी पढाई सहजकर्ताहरुलाई सुधारका लागी आवश्यक सझाव तथा पृष्ठपोषण प्रदान गरिएको थियो ।

यसै बिच परियोजनाबाट सञ्चालित पढाइ शिबिर तथा शिकाई शिबिरका ४२ जना सहजकर्ता र ४ जना अगुवा सहजकर्ताहरुलाई टिकापुरमा कार्यकारि निर्देशक र परियोजना संयोजकले प्रशिक्षण गरेका थिए । यार्डले बिगत १ बर्ष देखि यश क्षत्रमा समाबेशि तथा गुणस्तरीय शिक्षामा काम गर्दै आयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्