फिजमद्वारा आयोजना गरिएको हस्तलेखन प्रतियोगितामा अर्किड स्कुललाई दुईवटा अवार्ड प्राप्त

काठमाडाैं – फिजमद्वारा आयोजना गरिएको हस्तलेखन प्रतियोगितामा अर्किड स्कुलकी निमसाङ तामाङ विजेता बनेकी छिन् । आज सम्पन्न भएको प्रतियोगितामा अर्किड स्कुलकी कक्षा ३ मा अध्ययनरत छात्रा निमसाङले फिजम सदस्य विद्यालयका कक्षा १ देखि ३ सम्मका २० जना प्रतियोगिहरुलाई पछि पार्दै विजेता बन्न सफल भएकी छन् ।

यस्तै कक्षा ४–५ समुह अन्तर्गत नेपाली लेखनमा अर्किडकै सुम्नीमा राई तृतीय बनेकी छिन् । प्रतियोगिताको निर्णायकमा विगत लामो समदेखि काठमाडौ, भक्तपुर र ललितपुर जिल्लमा हस्त लेखन कलासम्बन्धि सिप सिकाउदैँ आउनुभएका दिपक बास्कोटा रहनुभएको थियो ।

यसैगरी फिजमका अध्यक्ष अमृत कुमार खड्काले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

फिजम अन्तर विद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता २०८० मा विजेता स्कुलहरू

चित्रकला प्रतियोगिता( १-५)
प्रथम:नेक्सस् इन्टरनेशनल एकेडेमी
दोस्रो: बेस्ट ग्रुप भिजन इंगलिस स्कूल
तेस्रो : ग्रामर स्कूल
चौथो:भीमेश्वर एकेडेमी

नेपाली हस्तलेखन प्रतियोगिता (१-३)
प्रथम: ग्रामर स्कूल
दोस्रो:हेब्रन पब्लिक स्कूल
तेस्रो : दिपिका स्कूल
चौथो:लाईसियम पाराडाइज एकेडेमी

नेपाली हस्तलेखन प्रतियोगिता (४-५)
प्रथम: लाईसियम पाराडाइज एकेडेमी
दोस्रो: दिपिका स्कूल
तेस्रो:अर्किड प्यूपल स्कूल
चौथो:बेस्ट ग्रुप भिजन इंगलिस स्कूल

अंग्रेजी हस्तलेखन प्रतियोगिता (१-३)
प्रथम: अर्किड प्यूपल स्कूल
दोस्रो: ग्रामर स्कूल
तेस्रो: लाईसियम पाराडाइज एकेडेमी
चौथो:विस्व विधा मन्दिर स्कूल

अंग्रेजी हस्तलेखन प्रतियोगिता (४-५)
प्रथम: लाईसियम पाराडाइज एकेडेमी
दोस्रो:मोनाष्टिक पब्लिक स्कूल
तेस्रो: बेस्ट ग्रुप भिजन इंगलिस स्कूल
चौथो:एम्स इन्टरनेशनल एकेडेमी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्