फिजम अन्तर विद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

फिजम अन्तर विद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता २०८० मा विभिन्न विधामा उत्कृष्ट विद्यालयहरुलाई छनोट गरिएको छ । आज सम्पन्न भएको प्रतियोगितामा कक्षा १– ५ सम्मको चित्रकला प्रतियोगितामा प्रथम नेक्सस् इन्टरनेशनल एकेडेमी भएको छ भने दोस्रो बेस्ट ग्रुप भिजन इंगलिस स्कूल भएको छ । यस्तै तेस्रो ग्रामर स्कूल र चौथो भीमेश्वर एकेडेमी भएको छ ।
यसैगरी नेपाली हस्तलेखन प्रतियोगिता कक्षा १– ३ सम्ममा प्रथम ग्रामर स्कूल, दोस्रो हेब्रन पब्लिक स्कूल, तेस्रो दिपिका स्कूल भएको छ भने चौथो लाईसियम पाराडाइज एकेडेमी भएको छ ।

यस्तै नेपाली हस्तलेखन प्रतियोगिता कक्षा ४–५ मा प्रथम लाईसियम पाराडाइज एकेडेमी, दोस्रो दिपिका स्कूल, तेस्रो अर्किड प्यूपल स्कूल र चौथो बेस्ट ग्रुप भिजन इंगलिस स्कूल भएको छ ।

अंग्रेजी हस्तलेखन प्रतियोगिता १–३ अन्तर्गत प्रथम अर्किड प्यूपल स्कूल, दोस्रो ग्रामर स्कूल, तेस्रो लाईसियम पाराडाइज एकेडेमी र
चौथो विस्व विधा मन्दिर स्कूल भएको फिजमले जनाएको छ ।

यस्तै अंग्रेजी हस्तलेखन प्रतियोगिता कक्षा ४–५ अन्तर्गत प्रथम लाईसियम पाराडाइज एकेडेमी, दोस्रो मोनाष्टिक पब्लिक स्कूल,
तेस्रो बेस्ट ग्रुप भिजन इंगलिस स्कूल र चौथो एम्स इन्टरनेशनल एकेडेमी भएको छ ।
विजेता विद्यालयका विद्यार्थीहरुलाई फिजम अध्यक्ष अमृत कुमार खड्काले ट्रफि, मेडल तथा प्रमाणपत्रले सम्मान गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्