शुक्लाफाँटा-८ मा अवैध रूपमा वालुवा ल्याउदै गरेको ट्याक्टर प्रहरी नियन्त्रणमा

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पारिफाँटाबाट एक टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वर थापाका अनुसार नदीजन्य पदार्थ चोरी गरेको आरोपमा अनिल सिँह ठगुन्नाको नाममा रहेको से१ त ७५०९ नम्बरको टेक्टरलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले सवारी साधनका सम्पूर्ण कागजात नियन्त्रणमा लिइसकेको र वालुवासहितको टेक्टर गौडी खोलामा फसेकाेेले भोलि सवारधनी, चालक सहित इप्रकामा उपस्थित हुनेगरि छाडिएको र कागजात नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ८ मा रहेका स्थानीय खोलामा नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) ओसारपसारमा रोक लगाएको छ भने नगरपालिकाले ठेक्का प्रक्रियाबाट व्यवस्थित तरिका प्रयोगमा ल्याउने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्