भिमेश्वर कप कबड्डी प्रतियोगिताको उपाधि आयोजक भिमेश्वर स्कुललाई

काठमाडौँ – भिमेश्वर कप कबड्डी प्रतियोगिताको उपाधि आयोजक भिमेश्वर स्कुलले जितेको छ । काठमाडौँको गोठाटारमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा सोमबारबाट सुरु भएको अन्तर विद्यालय भिमेश्वर कप कबड्डी प्रतियोगिताको चौथो संस्करणको उपाधी छात्र र छात्रा दुबैतर्फ भिमेश्वर एकेडेमीले नै विजय प्राप्त गरेको हो । यसैगरी छात्रातर्फ फष्ट रनर अप अर्थात द्वितीय कोपेश कोटदेवी स्कुल भएको छ भने छात्र तर्फ रूवी भ्याली स्कुल दोस्रो भएको छ । यस्तै छात्रातर्फ तृतीय बेष्ट ग्रुप भिजन स्कुल र रूवी भ्याली स्कुल भएका छन् भने छात्रतर्फ बेष्ट ग्रुप भिजन स्कुल र गणेश हिमाल स्कुलले तृतीय स्थान हात पार्न सफल  भएका छन् । प्रथम र द्वितीय हुने छात्र तथा छात्रातर्फका विद्यालयले क्रमश: नगद रू पाँच हजार, तीन हजार सहित, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन भने तृतीय हने विद्यालयले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उपत्यकाव्यापी प्रतियोगितामा १६ विद्यालयका छात्र र छात्रा तर्फका टीम सहभागी भएका भएकाे आयोजक विद्यालयका भिमेश्वरका प्रिन्सिपल अमृत खड्काले जानकारी दिनुभयाे ।

सोमबार देखि सुरु भएको प्रतियोगिताको अध्यक्षता भिमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल खड्काले गरेका थिए भने नेपाल कबड्डी एशोसिएसनका अध्यक्ष तुलसा थापाको प्रमुख आथिति रहेका थिए । यस्तै कार्यक्रमा नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष एवं अर्किड स्कुलका संस्थापक एवं निर्देशक प्रेमकुमार भुजेल, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, वेष्ट ग्रुप भिजनका संस्थापक सुनिल खत्री लगायत अभिभावक, विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्