बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु

File Photo

वीरगञ्ज, ९ पुस । बाघको आक्रमणबाट पर्सामा एक युवकको ज्यान गएको छ। बाघको आक्रमणबाट पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको ज्यान गएको प्रहरीको भनाइ छ।

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए। उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्