प्रधानमन्त्री कप महिला टी- २०: बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी

काठमाडौँ, ९ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

 

बागमती प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको बागमती प्रदेशले २० ओभरमा ८ विकेट गुमाउदै ८७ रन बनाएको थियो ।

 

यो जितपछि सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै बागमती प्रदेशको ४ खेलमा ४ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।

 

अब अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बुधबार मधेश प्रदेशसँग खेल्ने छ भने बागमती प्रदेशले बुधबार नै लुम्बिनी प्रदेशसँग खेल्ने तालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्