प्यालेस्टाइनी जिहाद समुह बार्ताका लागि पुगे कायरो

गाजा, ९ पुस । प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ ।

 

प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो पुगेको हो ।

 

सो वार्ताका बारेमा जानकार समूहका एक अज्ञात सदस्यका अनुसार छलफलहरू हाम्रा मानिसहरूमाथि इजरायली आक्रमण अन्त्य गर्ने तरिकाहरूमा केन्द्रित हुनेछन्।

 

हमाससँग गठबन्धन सशस्त्र समूहले गाजामा केही इजरायली बन्दीहरू राखेको बताइएको छ। हमास र पिआइजी दुबैले हालसम्म इजरायलसँग गाजामा आक्रमण समाप्त नभएसम्म कुनै पनि नयाँ बन्दी आदानप्रदान सम्झौता अस्वीकार गर्दै आएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्