राष्ट्रिय युवा संघ नवलपरासीले सुरक्षाकर्मीलाई दियो पीपीई

नवलपरासी – राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीले सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पीपीई उपलब्ध गराएको छ । नेपाल–भारत सिमामा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु कारोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि बुधबार संघले जल्ला प्रशासन कार्यालय नवलपरासी मार्फत सुरक्षाकर्मीहरुलाई ४१ थान गुणस्तरीय पर्सनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पीपीई) उपलब्ध गराएको हो ।

भारतमा कोरोना संक्रमण तिब्र रुपले फैलिरहेको बेला नवलपरासी खुल्ला सिमाना भएका कारण उच्च जोखिममा छ । देशमा लकडाउन र सिमा बन्द भएपनि भारतबाट लुकिछिपी नेपाल छिर्न खोज्ने व्यक्तिहरुलाई पक्राउ गर्न सुरक्षाकर्मी फ्रन्टलाइनमा भएको कारण उनीहरुलाई उच्च जोखिम रहेको भन्दै संघले उक्त पिपिई उपलब्ध गराएको राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय सदस्य , रमेश पौडेलले जानकारी दिए ।

सीमा क्षेत्रमा अस्थायी पोष्ट बनाएर रातदिन सिमामा निगरानी गरिहेका सुरक्षाकर्मीहरुलाई रातीको समयमा अँध्यारोले समस्या भैरहेका बेला युथ अफ सुस्ताले सुस्ता गाउँपालिकामा पर्ने ति अस्थायी पोष्टहरुमा बिजुली बत्ति समेत बालेर सहयोग गरेको छ ।

पीपीई अभावका बाबजुत पनि विरामीको सेवामा निरन्तर खटिरहेका चिकित्सकहरुलाई उपलब्ध गराउने उद्देश्यले रामग्राम नगरपालिका–१० नदुवामा रहेको लुम्बिनी पेपर बोर्ड मिल प्रा.लि.ले पनि जिल्ला प्रशासन कार्यालयलाई १० थान पीपीई हस्तान्त्रण गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्