शुक्रबार सुनचाँदीको भाउ बढ्यो

काठमाडाैं – आज शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १९ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने लगातार दोश्रो दिन वृद्धि भएको छ । शुक्रबार चाँदी पनि तोलामा पाँच रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ४८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन,पनि चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४८० रुपैयाँमा किनबेच भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्