प्रधानमन्त्री कप महिला टी- २०: एपीएफ र सुदूरपश्चिम विजयी

काठमाडौं, ६ पुस । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । शुक्रबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ४१ रनको लक्ष्य पछाएको एपीएफले ५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै १९.२ ओभरमा अल आउट हुदै ४० रन बनाएको थियो ।

त्यस्तै शुक्रबार नै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

लुम्बिनी प्रदेशले दिएको ७२ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ७१ रन बनाएको थियो ।

यो जितपछि एपीएफले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपीएफको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै सुदूरपश्चिमको भने यो दोस्रो खेलमा पहिलो जित हो । २ खेलमा २ अंक रहेको सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्