शहीद हिरालाल स्मृति प्रतिष्ठानको सामुदायिक भवनको शिल्यान्यास

बारा, ६ पुस । शहीद हिरालाल स्मृति प्रतिष्ठान सामुदायिक भवनको उएक कार्यक्रमबीच शिल्यान्यास गरिएको छ ।

 

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सामुदायिक भवनको शिल्यान्यास गरेका हुन ।

 

शिल्यान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले शहीदहरुको वलिदानीले नै देशमा संघीयता र गणतन्त्र स्थापना भएको बताए ।

 

त्यसैगरी कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मैनालीले शहीदको सम्मानको लागि निर्माण हुन लागेको भवन निजगढका सबै जनताको सम्पति भएको बताए । णउनले भवनको प्रयोग निजगढबासी जनताको हितमा प्रयोग हुने विश्वास पनि व्यक्त गरे ।

 

भवन निर्माण समितिका अध्यक्ष गोकुल घोरसाइनेको अध्यक्षतमा भएको शिल्यान्यास कार्यक्रमा शहीद हिरालाल स्मृति प्रतिष्ठानका अध्यक्ष एकबहादुर श्रेष्ठले प्रतिष्ठानको उद्देश्य र गतिविधिको बारेमा जानकारी दिए । कार्यक्रमको संचालन प्रतिष्ठानका सहसचिव जयराम कुवरले गरेका थिए ।

 

शिल्यान्यास कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापामगर, वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल लागायत विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

निजगढ नगरपालिका वडा नम्बर ७ मा स्थानीय किरण श्रेष्ठले दान स्वरुप प्रदान गर्नुभएको १० धुर जमिनमा संघीय सरकारको तराई सम्बृद्धि कार्यक्रमअन्तर्गत ३० लाखको लागतमा भवन निर्माण हुन लागेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्