हुथी बिद्रोहीले लाल सागरमा आक्रमण गर्ने योजना परास्त गर्न ग्रिस पनि सहभागी हुने

एथेन्स, ६ पुस । ग्रीसले लाल सागरमा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नौसैनिक गठबन्धनलाई समर्थन गर्न युद्धपोत पठाउने भएको छ ।

 

यमनका हुथी बिद्रोहीहरूबाट हुन सक्ने खतराको सामना गर्न गठबन्धनमा सामेल हुनेमा ग्रिस सबैभन्दा नयाँ देश बनेको छ।

 

ग्रिसका रक्षा मन्त्री निकोस डेन्डियासले बिहीबार एक टेलिभिजन सम्बोधनमा यस कदमको घोषणा गर्दै भने, ‘ग्रीस एक प्रमुख शिपिंग राष्ट्रको रूपमा समुद्री यातायातको ठूलो खतरालाई सम्बोधन गर्न् आधारभूत चासो राख्दछ।’

 

संयुक्त राज्य अमेरिकाले मंगलबार घोषणा गरेको नौसेना कार्यदलले सुरुमा १० सदस्य राष्ट्रहरूलाई सूचीकृत गरिएको थियो, जसले इरान सम्बन्धित हुथी बिद्रोहीलाइ रोक्न समुन्द्रमा गस्ती गर्न मद्दत गरिररहेको छ । जुन समुहले गाजामा युद्धको बीचमा इजरायलसँग जोडिएका एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेका थिए।

 

हुथीहरूले इजरायलको गाजामा जारी अपराधहरू रोकिए भने मात्र उनीहरूले आफनो तर्फबाट आक्रमण रोक्ने बताईरहेका छन्।

 

रेड सी टास्क फोर्सका मूल सदस्यहरू, जसलाई अपरेशन प्रोस्परिटी गार्डियन भनिन्छ, त्यसमा अमेरिकासहित युनाइटेड किंगडम, बहराइन, क्यानडा, फ्रान्स, इटाली, नेदरल्याण्ड, नर्वे, सेशेल्स र स्पेन समावेश रहेका छन । यसै सन्दर्भमा डेनमार्क पनि गठबन्धनमा सामेल भएको छ ।

 

यसैबीच, युरोपेली संघका सदस्य राष्ट्रहरूले युरोपेली नौसैनिक बल मार्फत योगदान गर्न सहमत भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्