प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

काठमाडौं, ५ पुस । प्यूठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।

दुर्घटनामा परेर घाइते भएका आँपडाँडा निवासी ५६ की चुराकुमारी घर्तीमगर, ४० वर्षकी अमि घर्तीमगर र रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ बस्ने २४ वर्षीय टोपबहादुर रोका मगरलाई थप उपचारको लागि भैरहवा रिफर गरिएको छ।

यस्तै, जीप चालक डाँडागाउँ बस्ने बर्ष ३४ को कबिराज घर्ती मगर र सोही ठाउँ निवासी वर्ष ५५ की कृष्ण घर्ती मगरको अवस्था मध्यम रहेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो। बिहीबार आपधारादेखि सारीतिर जाँदै गरेको लु २ च ६१ नं डबल क्याप जिप अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्