राप्रपा नेपालले गर्‍यो मन्त्री किरातीको पुत्ला दहन, माग्यो राजिनामा

काठमाडौं, ५ पुस । राप्रपा नेपाल आवद्ध जनवर्गिय संगठनहरुले आज साँझ काठमाण्डौमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् ।

 

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् ।

 

मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै उनिहरुले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

 

राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनीहरुको भनाई छ । संस्कृति मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

 

‘पार्टीका जनवर्गिय संगठनहरुले आज साँकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मन्त्री किरातीले तत्काल राजिनामा नदिए यो बिषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिएको छौं,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनले मन्त्री किराँतीले राजिनामा नदिए आन्दोलनले थप चर्को रुप लिनेसमेत बताएका छन ।

 

काठमाण्डौको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले मन्त्री किरातीको विरोधमा चर्का नारावाजीसमेत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्