अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पतालमा भर्ना

कराँची, २ पुस । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

 

अस्पतालभित्र कडा सुरक्षा घेरामा राखेर उनको दुई दिनदेखि उपचार भइराखेको छ ।

दाउद इब्राहिम भारतको मोस्ट वान्टेड आतंकवादी हुन् । संयुक्त राष्ट्र संघले पनि दाउदलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको छ ।

 

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सन् २००३ मा दाउद इब्राहिममाथि २५ मिलियन डलरको इनाम राखेको थियो । उनीविरुद्ध विभिन्न राष्ट्रिय एजेन्सीहरूले सम्पत्ति शुद्धीकरण मुद्दा र हतियार तस्करी मुद्दालगायत थुप्रै मुद्दा दायर गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्