पहिलो पटक इजरायल भुमीवाट गाजाका लागि सहयाता ट्रक पठाइयो

तेल अहिब, २ पुस । संयुक्त राष्ट्र संघको पहिलो सहायता ट्रक इजरायलबाट सिधै गाजा प्रवेश गरेको छ ।

संयुक्त राष्ट्र सहायता लरीहरूलाई इजरायलबाट सिधै गाजा प्रवेश गर्न अनुमति दिइने इजरायलले जनाएको छ । जसअनुसार वेस्ट बैंक र गाजा पट्टीमा प्यालेस्टिनी प्राधिकरणसँग समन्वय गर्न जिम्मेवार इजरायली सरकारी निकायले यो जानकारी दिएको हो ।

 

आज पहिले सामाजिक सञ्जालमा पोस्ट गर्दै कोग्याटले घोषणा गर्‍यो, ‘सुरक्षा जाँचहरू पछि मानवीय सहायता इजरायल र स्ट्रिपको सिमानामा पर्ने केरेम शालोम क्रसिङमार्फत गाजामा पुर्‍याउन सकिन्छ।’

 

स्थानीय समय अनुसार दिउँसो प्रारम्भिक सहायताका ट्रकहरू क्रसिङबाट गुडेका रिपोर्टहरू आएका छन ।

अहिलेसम्म गाजा भित्र र बाहिर मानिसहरूको आवागमन र सहायतालाई कडा रूपमा नियन्त्रण गरिएको थियो ।  र, इजिप्टको रफाह क्रसिङबाट मात्र सहायता ट्रक लिएर जान अनुमति दिइएको थियो।

 

सरकारी निकायले थप्योस् ूयसले गाजामा प्रवेश गर्ने र गाजाका जनतालाई पुर्‍याउने मानवीय सहायताको दैनिक मात्रा बढाउनेछ।ू

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्