बाजुरामा भीरबाट लडेर एकको मृत्यु

सांकेतिक तस्बिर

बाजुरा, ३० मंसिर । बाजुराको बडीमालिका नगरपालिकामा शनिबार बेलुकी करिव ४ बजे भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

झराउले गाउँमा आफनतको विवाह सकेर रतुवा घर फर्किने क्रममा भेरालमाण्डौ भीरबाट लडेर सोही नगरपालिका–८ रतुडाका अन्दाजी ५५ वर्षीय ताराचन्द्र ऐडीको ज्यान गएको हो।

शनिबार झराउलेमा आफन्तको विवाह सकेर घर गएका ऐडी बेलुकी भैसी दुहुँनका लागि घर नपुगेपछि खोजी गर्दा भेरालमाण्डौ भीरबाट लडेर करिव १५० मिटर तल खसेर मृत अवस्थामा फेला परेका थिए।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएको र प्रहरी घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिं ऐरीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्