प्रथम योग प्रतियोगितामा अर्किड स्कुल विजयी

काठमाडौँ – विश्व दर्शन नेपालको अयोजनामा सम्पन्न प्रथम विश्वदर्शन योग प्रतियोगितामा अर्किड स्कुलले प्रथम स्थान हासिल गरेको छ । कक्षा ३–४, ५–६ र ७–८ गरि चार समुहमा गरिएको प्रतियोगितामा अर्किडले कक्षा ६–७ छात्रा समुहमा प्रथम ७–८ छात्र समुहमा द्धितीय, कक्षा ७–८ छात्रा तर्फ प्रथम र सान्त्वना गरि ४ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेहरुमा कक्षा ६ की प्रेमिका राई (प्रथम), कक्षा ७ की दिप्सना थापा मगर (द्धितीय छात्रा तर्फ), कक्षा ७ का निश्चल श्रेष्ठ सान्त्वना तथा शिशीर जिरेल (छात्र तर्फ) प्रथम बन्न सफल भएका हुन् ।

विजेतहरु क्रमशः प्रथमले १५ सय १५, द्धितीयले १ हजार ५ तथा तृतीयले ५ सय ५ रुपैँया नगद सहित मेडल, ट्रफि तथा प्रमाणपत्रहरु प्राप्त गरेको विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । अर्किड स्कुलबाट जम्मा ८ जना सहभागी क्रमशः प्रणय भुजेल, शिशीर जिरेल, निश्चल श्रेष्ठ, दिप्सना थापा मगर, प्रेमिका राई, श्रीया कालिकोटे, प्रतिक कोइराला र अभिशेक थिङ रहेकोमा ४ जना पुरस्कृत भएका थिए । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सभाहलमा भएको प्रतियोगितामा विजेताहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की र चाँगुनारायण नगर उपप्रमुख रमेश बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए ।

अर्किडका विद्यार्थीहरु हरेक क्षेत्रमा आफुलाई उत्कृष्ट देखाउदै आएको र विद्यालयले पनि विद्यार्थीहरुका हरेक प्रतिभाहरुको खोजगर्न कुनै कसर बाँकी नराखेको अर्किडका निर्देशक प्रेमकुमार भुजेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्