मोटरसाइकल दुर्घटनामा वडा सदस्यको निधन

सांकेतिक तस्बिर

चितवन – मोटरसाइकल दुर्घटना हुँदा चितवन माडीमा वडा सदस्यको निधन भएको छ। माडी नगरपालिका-२ का वडा सदस्य ६० वर्षीय जीवन लुइँटेलको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए।

उनी चढेको बा प्र ०३-०४ प ८९१७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ६ बजेतिर माडी नगरपालिका-१ गर्दीमा गाडीले ठक्कर दिएको थियो। ठक्कर दिने गाडी पत्ता नलागेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्