टर्कीका फोटो पत्रकारमाथी कुटपिट गर्ने दुइ इजरायली प्रहरी निलम्बित

तेलअहिब, ३० मंसिर। टर्कीका फोटो पत्रकारलाई कुटपिट गरेको आरोपमा दुई इजरायली प्रहरी गार्ड निलम्बित भएका छन ।

 

इजरायली प्रहरीले एनाडोलु एजेन्सीका लागि काम गर्ने टर्कीका फोटो पत्रकारलाई निर्ममतापूर्वक आक्रमण गर्ने दुई अधिकारीहरूलाई अपरेशनल गतिविधिबाट निलम्बन गरेको हो ।

 

इजरायली मिडिया च्यानल–१२का अनुसार मुस्तफा अलखारुफले कब्जा गरेको पूर्वी जेरुसेलमको अल अक्सा मस्जिद नजिक शुक्रबारको प्रार्थना कभर गर्दै थिए, त्यही बेला दुई इजरायली सीमा पुलिस अधिकारीहरूले उनी माथि आक्रमण गरे।

 

तिनीहरूले उसलाई मुक्का हाने, भुइँमा फ्याँके र उसको टाउकोमा कडा लात हाने पछि ती पत्रकार अस्पताल भर्नासमेत हुनु परेको सो समाचार संस्थाले जनाएको छ ।

 

समाचार अनुसार घटनाको विस्तृत विवरणहरू जाँच नगरिएसम्म ती प्नहरीहरूलाइ निलम्बनमा राखिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्